२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

images

  • २०८० मंसिर २१, बिहीबार
  • 786
    SHARES
  • ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

    काठमाडौँ : ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन्। बैंकको मङ्सिर २० गते आइतबार बसेको संचालक समितिको बैठकले सोहि मिति देखि नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो।

    ढकाल ४ वर्षको लागि सीईओ पदमा नियुक्त भएका हुन्। यसअघि बैंकको मंसिर ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कायम मुकायम सीईओको जिम्मेवारी तोकेको थियो।

    बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मङ्सिर ४ देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका श्री चन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मङ्सिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो। 


    ढकालले नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरिसकेका छन्। ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव छ। साथै, प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ