२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

images

  • २०८० मंसिर २१, बिहीबार
  • 586
    SHARES
  • चितवनमा धान उत्पादन १० प्रतिशत कमी

    चितवन : जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ। यहाँ २६ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख १२ हजार १ सय ९० मेट्रिक टन धन उत्पादन भएको छ। 

    यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४ दशमलव २६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। गत वर्ष २७ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा १ लाख २४ हजार ७ सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो।

    सो वर्ष उत्पादकत्व ४ दशमलव ६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो। उहाँका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार ५ सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो। धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताउनुभयो। 

    उहाँले भन्नुभयो, “समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो।” समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उहाँले जानकारी दिनुभयो। धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उहाँले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ