काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ११.७३ अंक बढेर १८५२.७७ विन्दुमा पुगेको छ। आज फ्लोट इण्डेक्स ०.८६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीकोसं स्थापक शेयर शीर्ष स्थान, ८६ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सिटिजन लाइफ इन्स्याेरेन्सको करिब साढे ९ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको कारोबार रकम करिब ९ करोड २७ लाखको शेयर खरिदबिक्री भएको छ।
आज १३ उप-समूहमध्ये आज १२ उप-समूहको परिसूचक बढेको छ भने बाँकी १ उप-समूहको परिसूचक घटेको छ। आज १७५ स्टकको मूल्य बढेको छ भने ५७ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य स्थिर रहेको छ।
नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम पनि बढेको छ। हिजी १ अर्ब १४ करोडको शेयर कारोबार भएको बजारमा आज २९९ स्टकको ५३ हजार १४६ पटकको कारोबारमा २ अर्ब ७९ करोड १९ लाख रुपैयाँ बराबरको ९५ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।
आजै मात्रै कारोबार शुरु भएको त्रिशुली जलविद्युत कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ। आज त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत तथा सिवाईसी नेपालको शेयरमूल्य ९.९१ प्रतिशत बढेको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीयको शेयर नसर्वाधिक ७.८१ प्रतिशत घटेको छ।




