काठमाडौं :सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको सकरारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।
‘विद्यमान कर प्रणालीमा पुनरावालोकन गरिनेछ। राजश्वको दायरालाई विस्तार गरिनेछ। सबै किसिमको आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गर्नु भएको छ ।



