काठमाडौं : सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने बताएको छ। संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय बताउनु भएको हो ।
लामो समयदेखि बन्द रहेका उद्योग खारेजी सञ्चालनमा एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने सरकारले बताएको छ। साथै औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशी कुटनीतिक नियोगको सक्रियता बढाइने समेत बताएको छ।



