२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चिसोका कारण जुम्लाको जनजीवन प्रभावित,दैनिक २ सयभन्दा बढी बिरामी

images

  • २०८० मंसिर २३, शनिबार
  • 966
    SHARES
  • चिसोका कारण जुम्लाको जनजीवन प्रभावित,दैनिक २ सयभन्दा बढी बिरामी

    जुम्ला : जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम– २.६ डिग्री र अधिकमत तापक्रम १५.६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिनुभयो। 

    तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताउनुभयो। एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ। चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताउनुभयो।   

    चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन्। अहिले दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन्। 

    लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ