चितवन : गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१७ - नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार बिहान ११ बजे पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा पौने १२ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
यस्तै गैँडाको आक्रमणबाट घाइते हुनेमा स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी रहेका छन् र उपचार पश्चात् घर फर्किएको कार्यालयले जनाएको छ ।



