ताप्लेजुङ : ताप्लेजुङमा आगलागीबाट एक घर पूर्ण रूपमा क्षति भएको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा बिहान आगलागी भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिनुभयो।
विद्युत् सट भएर आगलागी भएको तिवारीले जानकारी दिनुभयो। फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ।



