२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रारामा ४ महिनामा साढे ४ हजार भन्दा बढी पर्यटक, १२ लाख राजस्व संकलन

images

  • २०८० मंसिर २३, शनिबार
  • 1.4K
    SHARES
  • रारामा ४ महिनामा साढे ४ हजार भन्दा बढी पर्यटक, १२ लाख राजस्व संकलन

    मुगु : कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा ४ महिनायता ४ हजार पर्यटकले भ्रमण गरेका छन्। गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक ४ हजार ४ सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित ४ हजार ६ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। 

    यस वर्ष रारामा पर्यटक आगमन आशालाग्दो हिसाबले बढिरहेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो। दसैँ–तिहार बिदाको मौका पारेर रारामा आन्तरिक पर्यटक बढी आएका उहाँको भनाइ थियो। 

    पर्यटकको आगमन बढेसँगै ४ महिनामा रू १२ लाख राजस्व सङ्कलन भएको धितालले जानकारी दिनुभयो। गत वर्ष रारा भ्रमणमा आन्तरिक पर्यटक ११ हजार, सार्क मुलुकबाट २६ र अन्य विदेशी १ सय ८३ जना आएका निकुञ्जले जानकारी दिएको छ। 

    रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति रू १ सय, सार्क मुलुककासँग प्रतिव्यक्ति रू १ हजार ५ सय र अन्य विदेशीसँग रू ३ हजारका दरले प्रवेश शुल्क उठाउने गरेको धिमालले जानकारी दिनुभयो। हवाईमार्गबाट ७५ र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन्। सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसकेको छैन।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ