२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनमा सवारी दुर्घटनामा परि एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु

images

  • २०८० मंसिर २४, आइतबार
  • 1.2K
    SHARES
  • चितवनमा सवारी दुर्घटनामा परि एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु

    भरतपुर : चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ।

    तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो। बेलेरोको ठक्करबाट गम्भीर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

    मृतक अधिकारी माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुनुहुन्छ। दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिनुभयो। ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ