काठमाडौँ : साताको पहिले कारोबार दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज आइतबार १ हजार ३ सय रुपैयाँले घटेको छ।
शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने गत शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो।



