बारा : बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले ३ सन्तानलाई जन्म दिनुभएको छ। वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रिया मार्फत गत आइतबार २ छोरा र १ छोरीलाई जन्म दिनु भएको हो।
अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शल्यक्रिया मार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन्। शिशु सहित आमाको स्वास्थ्य स्थित सामान्य रहेको छ। ”
मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताउनु भयो।



