२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स

images

  • २०८० मंसिर २८, बिहीबार
  • 1.2K
    SHARES
  • चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स

    काठमाडौँ : चालु आर्थिक वर्षको ४ महिना अर्थात साउनदेखि कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई.४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ। 

    चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब, भदौमा १ खर्ब १२ अर्ब  र असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ