२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

images

सत्कार खबर
  • २०८० जेठ ८, सोमबार
  • 1.4K
    SHARES
  • लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

    काठमाडौं : लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।

    नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले जानकारी दिएको छ ।

    नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर  २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

    लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

    आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ ।यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ