२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीन दिनमै भरे १० लाखजनाले हिमालयन रिइन्स्योरेन्सको आईपीओ

images

  • २०८० मंसिर २९, शुक्रबार
  • 1.7K
    SHARES
  • तीन दिनमै भरे १० लाखजनाले हिमालयन रिइन्स्योरेन्सको आईपीओ

    काठमाडौँ : हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको आईपीओमा तेस्रो दिन १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १० लाख ७ सय ८१ जनाले आईपीओ भरेका हुन्। माग गरिएको कुल सेयर संख्यामा अहिलेसम्म ७२.५४ प्रतिशत आवेदन परेको छ।

    कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ।

    त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

    कम्पनीको सेयर सर्वसाधारणले कम्तिमा १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

    हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ