२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज काठमाडौंका यी स्थानमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

images

  • २०८० मंसिर ३०, शनिबार
  • 1.5K
    SHARES
  • आज काठमाडौंका यी स्थानमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौंका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न ठाउँमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले शुक्रबार जारी सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ।

    प्राधिकरणको सूचनामा टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवलक्षेत्रमा विद्युत आपूर्ति बन्द हुने उल्लेख छ।

    त्यस्तै, ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रवि भवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ