२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

हाइड्रोमा चमक आउदा दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १५ करोडको कारोबार

images

  • २०८० पुस १, आइतबार
  • 1.1K
    SHARES
  • हाइड्रोमा चमक आउदा दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १५ करोडको कारोबार

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।

    कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर शेयर शीर्ष स्थान, २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज  सोनापुर मिनरल्स लिमिटेडको करिब साढे १६ करोड माथिको शेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम करिब १६ करोडको शेयर खरिदबिक्री भएको छ।

    आज १३ उप-समूहमध्ये आज११ उप-समूहको परिसूचक बढेको छ भने बाँकी २ उप-समूहको परिसूचक घटेको छ। आज १८५ स्टकको मूल्य बढेको छ भने ५२ स्टकको मूल्य घटेको छ र बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ। आज १ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ७५ वटा स्टकको मूल्य घटेको छ। जसमध्ये हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत घटेको छ।

     

    आज कारोबारमा आएका २९५ कम्पनीका १ अर्ब ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १५ करोड ७८  लाख ४६ हजार ९ सय ७९ रुपैयाँ ५ पैसाको शेयर कारोबार भएको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ