२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

लघुवित्तमा चमक आउदा दोहोरो अंकले बढ्यो नेप्से, करिब ७ अर्बको कारोबार

images

  • २०८० पुस २, सोमबार
  • 1.1K
    SHARES
  • लघुवित्तमा चमक आउदा दोहोरो अंकले बढ्यो नेप्से, करिब ७ अर्बको कारोबार

    गत साताको आइतबारदेखि उकालो लाग्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३८.१४ अंक बढेर २०६०.४९  विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ९.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक बढेको छ। आज बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ।

    आज कारोबारमा आएका २९५ कम्पनीका २ करोड १४ लाख ९७ हजार कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ८६ करोड ८१ लाखको शेयर कारोबार भएको छ। आजको कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च हो। यस अघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।

    आज जलविद्युत उपसमूह बाहेक आरु  सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ भने  होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ र  बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर शेयर शीर्ष स्थान, २६ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज  सोनापुर मिनरल्स लिमिटेडको करिब साढे २० करोड माथिको शेयर कारोबार भएको छ भने सोल्टी होटलको कारोबार रकम करिब साढे १८ करोडको शेयर खरिदबिक्री भएको छ।

    आज १३ उप-समूहमध्ये आज १२ उप-समूहको परिसूचक बढेको छ भने बाँकी १ उप-समूहको परिसूचक घटेको छ। आज १६५ स्टकको मूल्य बढेको छ भने ७२ स्टकको मूल्य घटेको छ र बाँकी ५ स्टकको मूल्य स्थिर रहेको छ। आज ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने जसमध्ये ५ लघुवित्त कम्पनी रहेका छन्। त्यसैगरी,आज जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ