२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भीमफेदी कारागारमा एकैपटक ३५ जना कैदीबन्दी बिरामी

images

सत्कार खबर
  • २०८० जेठ ९, मंगलबार
  • 1.3K
    SHARES
  • भीमफेदी कारागारमा एकैपटक ३५ जना कैदीबन्दी बिरामी

    काठमाडौं: क्षेत्रीय कारागार भीमफेदीमा अज्ञात रोगबाट सोमबार देखि ३५ जना कैदीबन्दी एकैपटक बिरामी परेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, पखला लाग्ने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिनु भयो ।

    सोमबारदेखि बिरामी भएका उनीहरूलाई आज बिहानसम्ममा केहीलाई निको भएको र केहीलाई अझै ज्वरो निको नभएकाले उपचारकै क्रममा रहेको पौडेलले बताउनु भयो ।

    बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको उहाँले बताउनु भयो । दिनभर बिरामीको संख्या बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय तथा भीमफेदी गाउँपालिकासँग समन्वय गरेर चिकित्सकको टोली नै मगाएर कारागारमै उपचार गरिरहेका उहाँले बताउनु भयो ।

    विषाक्त खानाको कारण बिरामी भएको हो कि भन्ने शंकाको आधारमा परीक्षण गर्दा त्यस्तो केही नपाएको उहाँले बताउनु भयो । उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो।त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको हुनसक्ने उहाँको भनाई छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ