काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ। ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लाग्नु भएको हो ।
प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।



