२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

होटल र उत्पादनमा चमक आउदा दोहोरो अंकले बढ्यो नेप्से, करिब ५ महिनापछि २१ सय माथि

images

  • २०८० पुस ३, मंगलबार
  • 1.1K
    SHARES
  • होटल र उत्पादनमा चमक आउदा दोहोरो अंकले बढ्यो नेप्से, करिब ५ महिनापछि २१ सय माथि

    गत साताको आइतबारदेखि उकालो लाग्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ। आज बजारमा होटल र उत्पादन कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ।

    आज कारोबारमा आएका ३१३ कम्पनीका १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ९८ करोड ४६ लाखको शेयर कारोबार भएको छ। हिजीको कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च हो। साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो।

    आज सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये  होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ भने  उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत  बढेको छ र जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ। 

    कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शेयर शीर्ष स्थान, करिब साढे ३७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज  सोल्टी होटलको करिब २९ करोड माथिको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स लिमिटेडको कारोबार रकम करिब साढे १६ करोडको शेयर खरिदबिक्री भएको छ।


    आज १३ उप-समूहमध्ये सबै उप-समूहको परिसूचक बढेको छ। आज १८३ स्टकको मूल्य बढेको छ भने ५३ स्टकको मूल्य घटेको छ र बाँकी ७ स्टकको मूल्य स्थिर रहेको छ। आज ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ५ बाट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी,आज सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.२६ प्रतिशत घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ