२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

करिब १ वर्षयताकै उच्च बिन्दुमा नेप्से, कारोबार रकम ७ अर्ब माथि

images

  • २०८० पुस ४, बुधबार
  • 1.0K
    SHARES
  • करिब १ वर्षयताकै उच्च बिन्दुमा नेप्से,  कारोबार रकम  ७ अर्ब माथि

    आज लगानी र उत्पादनमूलक उपसमूहको कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ।

    काठमाडौँ : साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३५.३९ अंक बढेर २१४१.८७ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ।

    आज १५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतभन्दा धेरै बढेको छ। आज कारोबारमा आएका ३०६ कम्पनीका १ करोड ९९ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ९५ लाखको शेयर कारोबार भएको छ। आज १३ उप-समूहमध्ये आज ११ उप-समूहको परिसूचक बढेको छ भने बाँकी २ उप-समूहको परिसूचक घटेको छ। आज १६१ स्टकको मूल्य बढेको छ भने ७८ स्टकको मूल्य घटेको छ र बाँकी ५ स्टकको मूल्य स्थिर रहेको छ।

    आज लगानी र उत्पादनमूलक उपसमूहको कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। जसमा लगानी तथा प्रशोधन उपसमूहको सूचक ७.१५ प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता लगानी उपसमूहको सूचक पनि ६.९२ प्रतिशतले बढेको छ र २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज निर्जीवन बीमा र होटल उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।

    कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शेयर शीर्ष स्थान, करिब साढे ३७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सोल्टी होटलको करिब साढे २४ करोड माथिको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स लिमिटेडको कारोबार रकम करिब २० करोडको शेयर खरिदबिक्री भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ