२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
जल तथा मौसम

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, बाँकी भू-भागको मौसम सफा

images

  • २०८० पुस ५, बिहीबार
  • 1.2K
    SHARES
  • आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, बाँकी भू-भागको मौसम सफा

    काठमाडौंमा आज यो वर्षको न्यून तापक्रम

    काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ। बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। देशभर चिसो बढे पनि वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्को भनाइ छ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।

    यस्तै, महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार भोलि शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ।

    महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ