काठमाडौँ : साताको आन्तिम कारोबार दिन आज शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। हिजो बिहीबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो।



