२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

images

  • २०८० पुस ६, शुक्रबार
  • 1.1K
    SHARES
  • मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

    दमौली : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ। मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ २ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ। यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारी साधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ।”

    पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ। बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ। अर्कोतर्फ १२.५ किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ। यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कने सम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताउनुभयो। 

    पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ। राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यो खण्डमा ६ सय ३१ घरटहरा हटाइने छन्। त्यसवापत रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ