२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ग्लोबल आईएमई बैंकबाट तीन दिनमै १२ करोडसम्म घर कर्जा पाइने, ब्याजदर ९.९९ प्रतिशत

images

  • २०८० पुस ६, शुक्रबार
  • 1.5K
    SHARES
  • ग्लोबल आईएमई बैंकबाट तीन दिनमै १२ करोडसम्म घर कर्जा पाइने, ब्याजदर ९.९९ प्रतिशत

    काठमाडौँ : ग्लोबल आईएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको जनाएको छ। बैंकले न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। घर कर्जा आवेदन प्रक्रिया पूरा भएको ३ दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।


    बैंकले सस्तो तथा सरल किस्ता बन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ। उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ।

    यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।

    देशैभरका ७७ वटै जिल्लामा फैलिएको ३५५ वटा शाखाबाट उपलब्ध हुने भन्दै बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको पनि बताएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ