२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज र भोलि हावाहुरीसहित भारी वर्षाको सम्भावना

images

सत्कार खबर
  • २०८० जेठ १०, बुधबार
  • 1.3K
    SHARES
  • आज र भोलि  हावाहुरीसहित भारी वर्षाको सम्भावना

    काठमाडौं :जल तथा मौसम विज्ञान विभागले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

    बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । यी पाँच प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    हालदेशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो देशको पहाडी भू–भागहरुका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै कोशी , बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज र भोलि यो सिलसिला जारी रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ