काठमाडौँ : नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डे नियुक्त भएका छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेलाई नियुक्त गरेको हो। नियुक्तिसँगै पाण्डेको कार्य अवधि ४ वर्षको हुनेछ।
सीइओको लागि ५ जनाको नाम सर्टलिस्ट भएको थियो। सर्ट लिस्ट हुनेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डे, ध्रुब चन्द्र गौतम, लक्ष्मण पौडेल, र समता पन्त (भट्ट) रहेका थिए। जसमध्ये, संचालक समितिले पाण्डेलाई सीइओ नियुक्त गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डे नियुक्त भएका हुन्। अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन्।



