२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ह्याम्स अस्पतालले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

images

  • २०८० पुस ७, शनिबार
  • 1.1K
    SHARES
  • ह्याम्स अस्पतालले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

    स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल

    काठमाडौँ : हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। हिजो शुक्रबार अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो। अस्पतालले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १ सय ८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २ सय ८८ रुपैयाँमा आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो।


    अस्पतालले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ। यसै मध्येबाट बढीमा ५ प्रतिशत शेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ भने बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ।

    गएकाे वर्ष असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको थियो। अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेकाे हो। ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्न लागेको हो। आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइ सकेको छ। अस्पतालले १  सय शय्याको जनरल स्वास्थ्य संस्था/अस्पताल सञ्चालन गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ