काठमाडौं : भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने भएको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा दिइएको उल्लेख छ । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त भोटो हेर्ने जात्रामा राष्ट्रपति पनि सहभागी हुने प्रचलन छ ।



