काठमाडौं : हिमालयन बैंक लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनी एक सूचना निकाल्दै कम्पनीले आफ्नो साधारणसभा डाकेको छ। जसमा बैंकले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि रहेको छ।
बैंकले पुस २९ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ३१ औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ। बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज तय गरेको छ। जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन पाउनेछन।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ। सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व १ जना गरी ५ जनाको निर्वाचन गर्नेछ। यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ।
बैंकको सभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन र एफपीओको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ। हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने यस अघि नै जनाइसकेको छ।



