२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब बढीको कारोबार

images

  • २०८० पुस ८, आइतबार
  • 1.1K
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब बढीको कारोबार

    गत साताको अन्तिम कारोबार दिनदेखि सुरु भएको करेक्सनले आज पनि निरन्तरता दिएको हो।

    काठमाडौं : साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २७ करोडको शेयर कारोबार भएको बजारमा आज ३०९ स्टकको १ लाख २८ हजार ३५६ पटकको कारोबारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा ३० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको २९ करोडभन्दा तथा सोनापुर मिनरल्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

    आज जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत घटेको छ। आज ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत घटेको छ तथा  हाथवे इन्भेष्टमेन्ट र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

    त्यस्तै,आज एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य २ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा तथा २ स्टकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ