काठमाडौं : नेप्सेमा कुल १५ वटा विकास बैंक सूचीकृत छन्। हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक,गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक,लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हन्।
तीमध्ये सात वटा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश घोषणा गरेका छन्। दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् भने बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैनन। लाभांश घोषणा गरेका विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको बुक क्लोज भइसकेको छ भने ४ वटा विकास बैंकको बुक क्लोज भइसकेको छैन।
यसैगरी, बुक क्लोज हुनेमा सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रहेका छन् भने बुक क्लोज हुने बाँकीमा मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंक रहेका छन् तथा अहिले पनि सेयर खरिद गर्नेले यी ४ विकास बैंकको लाभांश पाउने र साधारण सभामा भाग लिन पाउनेछन।
त्यस्तै, ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन्। लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन्। यी बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।
कुन विकास बैंकले कति गरे लाभांश घोषणा ?
| विकास बैंक | बोनस प्रतिशत | नगद लाभांश प्रतिशत |
| मुक्तिनाथ | ९.७५ | ०.५१३ |
| महालक्ष्मी | ० | ६.४ |
| गरिमा | ९.५ | ०.५ |
| लुम्बिनी विकास | ४ | ४.५ |
| मितेरी | ९.५ | ०.५ |
| सांग्रिला | ५ | ०.२६३ |
| साइन रेसुङ्गा | १०.५ | ०.५५ |



