२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पोखरामा (ब्रोकर नम्बर ३९) सुमेरु सेकुरिटीजले खोल्यो सेयर कारोबार गर्ने शाखा

images

  • २०८० पुस ९, सोमबार
  • 2.2K
    SHARES
  • पोखरामा (ब्रोकर नम्बर ३९) सुमेरु सेकुरिटीजले खोल्यो सेयर कारोबार गर्ने शाखा

    अर्थतन्त्र ठीक ठाँउमा ल्याउन सेयर बजारको भुमिका ठूलो रहन्छ : पूर्व उद्योग मन्त्री बस्नेत

    पोखरा : धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटीज प्रा.लि) ले पोखराको सृजना चोकमा नयाँ शाखा शुरु गरेको छ। यो सँगै पोखरामा सेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ। पुस ९ गते सोमवार पूर्व उद्योग मन्त्री महेश बस्नेतले एक कार्यक्रममा विच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्। यस अघि पोखरामा १० वटा ब्रोकरहरुले आफ्नो सेवा दिँदै आएका थिए।

    नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष मात्रै पोखरामा ४ वटा ब्रोकर शाखा थपिएका छन्। त्यसअघि लामो समयसम्म ७ वटा ब्रोकरहरुले पोखरामा सेवा दिँदै आएका थिए। २०६६ सालमा ब्रोकर नं १४ (नेपाल स्टक हाउस) ले पोखरामा पहिलो शाखाको रुपमा कारोवार शुरु गरेको थियो। पोखरामा पुराना ७ वटा ब्रोकरका करिब १ लाख ५ हजारको संख्यामा सेवाग्राहीहरुले सेयर कारोवारको लागि डि म्याट खाता खोलेका ब्रोकर नं ३५ (कुहिनूर इन्भेष्टमेन्ट) शाखा व्यवस्थापक खेमराज भाट बताउँछन्। यसै वर्षबाट कारोवार शुरु गरेका थप ३ वटा ब्रोकरहरुले पनि ६ हजारको संख्यामा सेवाग्राही बनाईसकेका छन्। देशभर ६० लाख डिम्याट खातावाल रहेकोमा पोखरामा करिब १ लाख १० हजार जना रहेको छन्। 

    1.jpg

    सुमेरु सेकुरिटीज, ब्रोकर नं ३९ को शाखा उद्घाटन गर्दै पूर्व अद्योग मन्त्री बस्नेतले देशको अर्थतन्त्र ठिक ठाँउमा ल्याउन सेयर बजारको भूमिका ठूलो रहने बताएका छन्। सेयर कारोबार गराउने ब्रोकरले नयाँ सेयर कारोबारीलाई परामर्श पनि दिनु आवश्यक छ, यसो हुँदा ब्रोकरको पनि लोकप्रियता बढ्ने र लगानीकर्ताले पनि नाफा कमाउन सक्ने बस्नेतले बताउनु भयो। उहाँले सेयर कारोबारी बढे सरकारलाई राजस्व पनि बढ्ने बताउँदै भने ‘देशको विकासको लागि अर्थतन्त्र बलियो हुनपर्यो, अर्थतन्त्र बलियो हुन सेयर बजारको भुमिका महत्वपूर्ण हुन्छ, यसले परनिर्भरतालाई घटाउँछ, त्यसैले सेयर बजार अर्थतन्त्रको ऐना हो।’ 


    ब्रोकर नं ३९ का संस्थापक अध्यक्ष प्रेम कुमार अग्रवालले सेयर बजार भनेको जोखिममा काम गर्नुपर्ने भएकाले बुझेर लगानी गर्नुपर्ने बताउनु भयो। सेयर बजार सरकारी राजस्वको ठूलो स्रोत भएकाले बजारको दायरा बढाउँदै लगिनु पर्ने उहाँले बताउनु भयो। अग्रवालको अध्यतामा भएको कार्यक्रममा चरक अस्पतालका अध्यक्ष कपिल पोखरेल, सेयर लगानीकर्ता मिननाथ कुँवर लगायतले सेयर बजारमा ‘रिक्स र रिवार्ड’ बारेका चर्चा गरेका थिए।
    2.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ