२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सोनामको विन्टर सेल अफरमा ग्राहकलाई ७० प्रतिशतसम्म छुट

images

  • २०८० पुस ९, सोमबार
  • 1.1K
    SHARES
  • सोनामको विन्टर सेल अफरमा ग्राहकलाई ७० प्रतिशतसम्म छुट

    काठमाडौं : चर्चित तथा गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले ७० प्रतिशतसम्म छुट पाइने ‘विन्टर सेल अफर’ ल्याएको छ। कम्पनीले यही मंसिर २८ देखि पुस १५ सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना सञ्चालन गरिरहेको हो।

    यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। कम्पनीका अनुसार यस अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोशाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।

    राजधानी उपत्यकामा ठमेलको क्वा:बहाल र छाया सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बीजी मल,जडीबुटीको जडीबुटी चोक, चितवनको सीजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनामका शोरुमहरू सञ्चालनमा आइसकेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ