काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सले हिमालयन बैङ्कको संस्थापक सेयर खरिद गरेको छ। इन्स्योरेन्सले हिमालयन बैङ्क करिब १७ लाख ८४ हजार सेयर खरिद गरेको छ।
इन्स्योरेन्सले यसअघि बैङ्कको संस्थापक सेयर धनी रहेका धर्म भक्त मल्लको सेयर खरिद गरेको हो। इन्स्योरेन्सले धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार ११६ कित्ता तथा यश्वस्विका इन्टरनेशनल प्रा.लि .को १५ लाख ९० हजार कित्ता र जस्मिन तन्तुकारको ५२ हजार ९१० कित्ता सेयर खरिद गरेको हो।



