२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

images

सत्कार खबर
  • २०८० जेठ १२, शुक्रबार
  • 1.4K
    SHARES
  • एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

     काठमाडौं :नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

    एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

    संसद्‌को अघिल्लो कार्यकालमा पनि एमालेले आफ्ना सांसदहरूलाई सभामुखले कारबाही गरेर निकालेको सूचना प्रकाशन नगरेको निहुँमा करिब नौ महिना लगातार संसद्‍मा नाराबाजी गरेको थियो।

    आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ