२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० पुस १०, मंगलबार
  • 1.1K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मङ्गलवार सुनचाँदी दुवैको मूल्य बढेको छ। हिजो सोमबार प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

     

    यसैगरी,चाँदीको मूल्य १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ