पोखरा : आज बिहान १ बजेतिर पोखरामा कारको ठक्करबाट २ पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ६ घर भई हाल पोखरा-३, नदीपुर बस्ने ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रीको भने वतन नखुलेको कास्की प्रहरीले जानकारी दिनुभयो।
पोखरा महानगरपालिका वडा नम्बर-५ पर्स्याङमा बागलुङ बसपार्कदेखि जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले २ पैदल यात्रीलाई ठक्कर दिँदा सिकिस्त घाइते भएका थिए। घाइते दुवैलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सकले केही समयपछि मृत घोषणा गरेका थिए।
अहिले दुवै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ।कार चालक भने अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिनुभयो।



