काठमाडौँ : एनसीएचएल १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित औपचारिक कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स) बिच गाभ्ने-प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको हो।
नेप्सका मर्जर समितिका संयोजक सञ्जीव कुमार श्रेष्ठ र एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल बिच उक्त समझदारी पत्र आदानप्रदान गरिएको हो। नेप्सले विभिन्न बैङ्क वित्तीय संस्थाहरूको लागी केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ।
एनसीएचएल र नेप्स दुवै बैङ्क वित्तीय संस्थाहरूको प्रवर्द्धनमा नेपाल राष्ट्र बैङ्क बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समय देखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरू हुन्। एनसीएचएल पुस ८, २०६५ मा स्थापित भएको थियो भने नेप्स फागुन १८, २०६९ मा स्थापित भएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी,डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना, नेपाल राष्ट्र बैङ्कका उच्च पदाधिकारीहरू, नेपाल बैंकर्स सङ्घ, डेभलप्मेन्ट बैंकर्स सङ्घका अध्यक्ष र नेपाल वित्तीय संस्था सङ्घका फस्ट उपाध्यक्ष लगायत बैङ्क वित्तीय संस्थाका प्रमुखज्यूहरू समेतको उपस्थिति रहेको थियो।