२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना

images

  • २०८० पुस १०, मंगलबार
  • 1.1K
    SHARES
  • इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना

    काठमाडौँ : भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवाले ‘‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’’ अभियान सार्वजनिक गरेको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्।

    शैक्षिक शुल्क भुक्तानीका लागि ई सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एक जनाले यो अवसर पाउने कम्पनीले जनाएको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ।

    सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको ई सेवाले जनाएको छ। यो अफर मङ्सिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ। फर्मबेस्डका माध्यमबाट ई सेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।  

    छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्। क्युआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन। छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रूपमा विजेताको ई सेवा आइडीमा पठाइनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ