काठमाडौं :नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै जन्मकैदको सजाय पाएका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
गणतन्त्र दिवसको अघिल्लो दिन आइतवार बसेको मन्त्रिपरिषद् बैठकले रेशमलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी सिफारिससम्बन्धी प्रस्ताव फिर्ता पठाउनु भएको थियो । गणतन्त्र दिवसको दिन राष्ट्रपतिले चालचलन राम्रो भएका कैदीको सजाय मिनाहा गर्ने प्रचलन छ ।



