२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

घुस नखाँदा र नखुवाउँदा पनि लाञ्छित गर्न खोजियो :मन्त्री किराती

images

सत्कार खबर
  • २०८० जेठ १४, आइतबार
  • 1.4K
    SHARES
  • घुस नखाँदा र नखुवाउँदा पनि लाञ्छित गर्न खोजियो  :मन्त्री किराती

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको हो ।

    पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको छ।

    मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताउनु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ । मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला  ! प्रमाणित गर म एक मिनेट बस्दिनँ, !

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ