काठमाडौँ : प्राइम कमर्सियल बैङ्कको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। कम्पनीको संस्थापक सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ। हाल प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको सो संस्थापक सेयर लिलामी बिक्रीमा आएको हो।
इच्छुक लगानीकर्ताले आज पुस ११ गतेदेखि पुस १९ गतेभित्र बोलपत्र पेस गर्नु सक्ने छन्। हालका संस्थापक तथा अन्य व्यक्ति वा सङ्घसंस्थाले पनि गोप्य सिलबन्दी बोलपत्र आवेदन दिन सक्ने छन्। पुस १९ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिने छ।



