काठमाडौँ : नेप्सेमा सूचीकृत विभिन्न ३ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सम्म कायम सेयर धनीहरूले मात्र हाथवे इन्भेस्टमेन्ट, तारा गाउँ रिजेन्सी होटेल र फर्स्ट माइक्रो फाइनान्सका लाभांश पाउने छन्।
कम्पनीहरूले साधारण सभा प्रयोजनका लागि भोली पुस १२ गते बुकक्लोज गर्दै छन्। आज पुस ११ गते (बुधवार) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयर धनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
फर्स्ट माइक्रो फाइनान्स :
फर्स्ट माइक्रोफाइनान्सले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिवार बिहान १० आम्रपालि व्याङ्केट, भाटभटेनी काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चाचलकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
हाथवे इन्भेस्टमेन्ट लिमिटेड :
त्यस्तै, हाथवेले हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार बिहान १० लैनचौर ब्याङ्क्वेट, काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ।
तारागाउँ रिजेन्सी :
त्यसै गरी, तारागाउँ रिजेन्सीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते, मङ्गलवार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ।



