२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै

images

  • २०८० पुस ११, बुधबार
  • 1.2K
    SHARES
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै

    काठमाडौँ : हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आइपिओ) आज बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे ताज रिसेप्सन बालुवाटारमा सेयर बाँडफाँट गर्ने कार्यक्रम रहेको छ। हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिएका योग्य सबै आवेदकले सेयर हात पार्ने भएका छन्। 

    कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ। कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ जुन माग भन्दा १.२९ गुणा बढी हो।

    कम्पनीको आइपिओ सबै आवेदकले न्यूनतम १० कित्ता पाउने निश्चित छ भने बाँकी रहेको कित्तामा गोला प्रथा मार्फत बाँडफाँट हुनेछ। हिमालयन रिइन्स्योरेन्स नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।

    कम्पनीले मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो। अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ