२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नबिल बैङ्कले ल्यायो एक घण्टामै पाइने 'नबिल इन्स्ट्यान्ट गोल्ड लोन' योजना

images

  • २०८० पुस ११, बुधबार
  • 1.2K
    SHARES
  • नबिल बैङ्कले ल्यायो एक घण्टामै पाइने 'नबिल इन्स्ट्यान्ट गोल्ड लोन' योजना

    काठमाडौँ : नबिल बैङ्क लिमिटेडले एक घण्टाभित्र सुन धितो राखी ऋण लिन सक्ने नयाँ योजना बजारमा ल्याएको छ। आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको हो।

    यस विशेष योजना अन्तर्गत सेवाग्राहीले १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्म ऋण लिन पाउनेछन्। आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैङ्कले दाबी गरेको छ। त्यस्तै, सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ। ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको योजना ल्याएको बैङ्कले जानकारी छ।

    नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कमध्ये एक हो। बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैङ्कले १८ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।

    तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने बैङ्कले जनाएको छ। जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारी पाटी, कालीमाटी र सूर्य विनायक शाखाबाट लिन सकिन्छ। उपत्यका बाहिरका ग्राहकका लागि धरान-महेन्द्रपथ, बुटवल-चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्ले ढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैङ्कले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ