२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दमक नगरपालिकाद्वारा १०७ वर्षीय घिमिरेलाई नगर पिता घोषित

images

  • २०८० पुस ११, बुधबार
  • 1.1K
    SHARES
  • दमक नगरपालिकाद्वारा  १०७ वर्षीय घिमिरेलाई नगर पिता घोषित

    दमक : दमक नगरपालिकाले दमक–१ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्ष माथिका ६ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ। तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का १०६ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की १०६ बर्सिया नरमाया सोराली, दमक–१० की १०५ बर्सिया नर्वदा खनाल, दमक–७ की १०५ बर्सिया मिनादेवी कार्की र दमक–१ की १०१ बर्सिया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो। 

    नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक १०७ वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताउनु भयो। उहाँहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईँ लगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 

    नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले ३/३ महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ। कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारीलगायत सामाजिक, राजनीतिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ