२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानन्यायाधीशमा सिफारिश हरिकृष्ण कार्कीका बारेमा १० दिनभित्र उजुरी दिन आह्वान

images

सत्कार खबर
  • २०८० जेठ १६, मंगलबार
  • 1.6K
    SHARES
  • प्रधानन्यायाधीशमा सिफारिश हरिकृष्ण कार्कीका बारेमा १० दिनभित्र उजुरी दिन आह्वान

    काठमाडौं: सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कामु प्रधानन्यायधिश हरिकृष्ण कार्कीलार्ई नियुक्ति गर्ने संसदीय प्रक्रिया शुरु भएको छ । प्रकिया अघि बढेको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश कार्कीका बारेमा उजुरी माग गरेको छ ।

    कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । आज बसेको समिति बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

    सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ