२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८० पुस १२, बिहीबार
  • 1.3K
    SHARES
  • दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : नेप्सेमा सूचीकृत विभिन्न २ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सम्म कायम सेयर धनीहरूले मात्र घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड र राधी विद्युत् कम्पनीका लाभांश पाउने छन्। पुस १३ शुक्रवार, १३ शनिवार र आइतबार १३ गते सरकारी बिदा परेको हुँदा आज सम्म कारोबार हुनेले मात्र कम्पनीले घोषणा गरेको लाभासं पाउने छन्। 

    कम्पनीहरूले साधारण सभा प्रयोजनका लागि भोली पुस १२ गते बुकक्लोज गर्दै छन्। आज पुस १२ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयर धनीहरूले मात्र २ कम्पनीका साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। 

    घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड :

    घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते बिहान ९ बजे घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटेल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। 

    राधी विद्युत् कम्पनी : 

    त्यसै गरी, राधी विद्युत् कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.७५  प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, शनिवार बिहान ११ काठमाडौँको त्रिपुरेश्वरस्थित कम्पनी कार्यालयमा वार्षिक साधारण सभा बोलाएको छ।

    सभामा कम्पनीको वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव पनि राखिएको छ। सभाले लाभांश पारित गर्नुका साथै बोनस सेयर वितरणमा हुने खण्डित सेयरलाई पछि समायोजन गर्ने गरी यावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ